+

कोपा अमेरिकामा एउटा टिमले २६ खेलाडी राख्न पाउने

२०८१ जेठ  ६ गते ७:४१ २०८१ जेठ ६ गते ७:४१
कोपा अमेरिकामा एउटा टिमले २६ खेलाडी राख्न पाउने

काठमाडौं । आगामी जुन–जुलाईमा हुने युरोकप २०२४ मा सहभागी टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलको प्रतियोगिता र सञ्चालन निर्देर्शिकाले उक्त निर्णय गरेको हो ।

थाइल्याण्डको बैंककमा बसेको कन्मेबोलको बैठकले उक्त निर्णयलाई स्वीकृत गरेको हो । यसअघि एक टिममा २३ खेलाडी मात्र राख्न पाइने नियम थियो । सहभागी टिमले बढीमा २६ खेलाडीसहित कूल ५० जनाको डेलेगेट्सको नाम दर्ता गराउने सक्ने कन्मेबोलले जनाएको छ ।

कोपा अमेरिका जुन २० देखि जुलाई १४ सम्म अमेरिकाको विभिन्न १४ शहरमा आयोजना हुँदैछ । जहाँ दक्षिण अमेरिकाबाट १० र उत्तर तथा मध्य अमेरिकाबाट ६ गरी १६ टोली सहभागी हुँदैछन् ।

कोपा अमेरिका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय