News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली यू-१७ राष्ट्रिय फुटबल टोली साफ यू-१७ च्याम्पियनसिप खेल्न २९ भदौ शनिबार श्रीलंका प्रस्थान गर्ने भएको छ।
- साफ यू-१७ च्याम्पियनसिप सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा आयोजना हुँदैछ र नेपाल समूह ए मा छ।
- नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा श्रीलंका र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।
२७ भदौ, काठमाडौं । साफ यू-१७ च्याम्पियनसिप खेल्न नेपाली यू-१७ राष्ट्रिय फुटबल टोली शनिवार श्रीलंका प्रस्थान गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपाली टोलीलाई बिदाइ गर्दै शनिवार श्रीलंका जाने जनाएको छ ।
साफ यू-१७ च्याम्पियनसिपमा यही सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा आयोजना हुँदैछ ।
मुख्य प्रशिक्षक संजीत सिंहले त्यसका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका छन् ।
च्याम्पियनसिपमा नेपाल समूह ए मा छ । नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा घरेलु टोली श्रीलंकासँग खेल्नेछ भने सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।
भारत, माल्दिभ्स, पाकिस्तान र भूटान समूह बी मा छन् ।
च्याम्पियनसिपमा सेमिफाइनलका खेलहरु सेप्टेम्बर २५ र फाइनल सेप्टेम्बर २७ मा हुनेछ ।
नेपाली टोली:
गोलकिपर: पेम्बा नुर्बु भोटे, राम बोहरा, बिशेष बानियाँ
डिफेन्डर: प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अन्मोल कार्की, मौसम रोकाया, अन्ज खड्का
मिडफिल्डर: प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिष थापा मगर, भुपेश लामा, नासिब हेन्जन, सुषान मगर, सुजन स्याङ्तान
फरवार्ड: समिर कुमार, दिग बिजय शाही, निस कुमार श्रेष्ठ, रोहित श्रेष्ठ
प्रतिक्रिया 4