News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेश फुटबल टोली प्रतिकूल अवस्थाका कारण नेपालमै रोकिएको थियो र बिहीबार विहान स्वदेश प्रस्थान गरेको छ।
- पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल काठमाडौंको तनावका कारण रद्द गरिएको थियो।
- बंगलादेशी सेनाको विशेष विमानमार्फत टोली स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन्।
२६ भदौ, काठमाडौं । नेपालमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आएको बंगलादेश फुटबल टोली स्वदेश फर्किएको छ ।
प्रतिकूल अवस्थाका कारण फर्कन नसकेको टोली बिहीबार विहान स्वदेश प्रस्थान गरेको हो ।
बंगलादेशी सेनाको विशेष विमानमार्फत टोली स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् ।
पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो मैत्रीपुर्ण खेल काठमाडौंको अवस्था तनावग्रस्त भएपछि रद्द गरिएको थियो ।
खेल रद्द भएपछि स्वदेश फर्कने तय भएको टोली अवस्था झन् भयावह बनेपछि नेपालमै रोकिएको थियो ।
प्रतिक्रिया 4