News Summary
Generated by OK AI. Editorially reviewed.- ताजिकिस्तानमा एएफसी यू-२३ एसियन कप छनोट खेलेको नेपाली यू-२३ पुरुष राष्ट्रिय फुटबल टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको छ।
- अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीलाई स्वागत गरे।
- नेपालले समूह के को तीनवटै खेलमा पराजित हुँदै सिरियाले समूह विजेता भएर अर्को वर्षको एएफसी यू-२३ एसियन कपका लागि छनोट पाएको छ।
२७ भदौ, काठमाडौं । ताजिकिस्तानमा एएफसी यू-२३ एसियन कप छनोट खेलेको नेपाली यू-२३ पुरुष राष्ट्रिय फुटबल टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीलाई स्वागत गरे ।
नेपाली टोली बुधबार नेपाल फर्किने तय भएपनि तालिका अनुसार उडान नभएपछि स्वदेश फर्कन ढिला भएको थियो ।
सेप्टेम्बर ३ देखि ९ सम्म भएको छनोट अन्तर्गत समूह के को तीनवटै खेलमा नेपाल पराजित भएको थियो । ताजिकिस्तान र फिलिपिन्ससँग ४-० ले पराजित भएको नेपाल सिरियासँग ४-२ ले पराजित भएको थियो ।
यस समूहबाट सिरिया तीनवटै खेल जित्नै समूह विजेता बनेर अर्को वर्ष हुने एएफसी यू-२३ एसियन कपका लागि छनोट भएको छ ।
प्रतिक्रिया 4