२६ भदौ, काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले अहिलेको संवेदनशील परिस्थितिमा सबै नेतृत्व एक ठाउँमा आएर देशलाई ठूलो क्षति हुन नदिइ शान्ति र स्थिरता कायम गर्न आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै अराजकता र हिंसाले देश नबनाउने उल्लेख गर्दै समाधान नेपालीबीचमै रहेको बताए।
खड्काले संयमित र एकताबद्ध भई अघि बढ्न सबैलाई आह्वान गरेका छन्।
उनले लेखेका छन् : अराजकता, हिंसा र निर्कुन्स्ताले समाज र देश बनाउँदैन। देश नै बाँकी रहेन भने, जो जसले जुन ठाउँमा जे पद वा जिम्मेवारी पाए पनि, हामीलाई धेरै गाह्रो हुने छ यो ढलेको संरचना उठाउन।शान्ति र संयमको प्रतीक भनेर चिनिने हामी नेपाली, हाम्रो यो परिस्थितिले अब सायद हामीलाई गलत पहिचानतिर धकेलीदै छ।समाधान हामीबीचमै छ, मौका नपाएर,नदिएको हो|अब सायद चेतना भएसँगै सबै नयाँ पुराना पुस्ताको सच्चम् नेतृत्वले परिवर्तन ल्याउन सुधारिएको व्यवस्थित प्रबन्ध अनि जिम्मेवारी बोक्नु पर्ने छ| हामी उहाँहरूलाई सहयोग र समर्थन गरौँ। देशमा अमूल परिवर्तनको उद्देश्यका साथ हिँड्नु भएका नयाँ र पुराना नेतृत्व सबैलाई आग्रह —सबै जना एउटै ठाउँमा आएर अहिलेको परिस्थितिलाई सम्हाली देशमा ठूलो क्षति हुन नदिई, शान्ति र स्थिरता कायम गर्न सबैलाई सहयोगको अनुरोध गर्दछु | संयमित बनौ,एकताबद्द हौ ।
प्रतिक्रिया 4