+

पुम्सेको सेमिनार तथा रिफ्रेसर कोर्स सकियो

२०८१ जेठ  ६ गते ७:५४ २०८१ जेठ ६ गते ७:५४
पुम्सेको सेमिनार तथा रिफ्रेसर कोर्स सकियो

३ जेठ, काठमाडौं । तेस्रो राष्ट्रिय पुम्से तेक्वान्दो रेफ्री सेमिनार तथा दोस्रो राष्ट्रिय पुम्से रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । गत चैत १ गतेबाट सुरु भएको कोर्स शनिबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सम्पन्न भएको हो ।

पुम्से सेमिनार तथा रिफ्रेसर कोर्सका सहभागीलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, महासचिव दीपराज गुरुङलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले खेलाडी उत्पादनसँगै दक्ष निर्णायक उत्पादनमा पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स फलदायी हुने विश्वास व्यक्त गरे । चैत १ गते कोशी प्रदेशको इटहरीबाट कोर्स सुरु भएको हो ।

इटहरीपछि मधेस प्रदेशमा रौतहटको चन्द्रपुरमा चैत ४ देखि ६ सम्म बागमतीको चितवनमा चैत १३ देखि १५, गण्डकीको पोखरामा चैत ७ देखि ९, लुम्बिनीमा चैत १९ देखि २१ र सुदूरपश्चिम प्रदेशमा चैत २२ देखि २४ गतेसम्म सञ्चालन भएको थियो । जसमा ३१७ पुरुष र ५७ महिला गरी ३७४ जना सहभागी भएका थिए ।

उनीहरुलाई वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक टार्जन सुब्बा, नोर्बु लामा, बब्लु सिवाकोटी र विक्रम खड्गीले प्रशिक्षण दिएका थिए ।

तेक्वान्दो पुसे राष्ट्रिय पुम्से रेफ्री

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय