News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको २०औं एसियन गेम्सको पुरुष १० हजार मिटर दौड नेपालका राजन रोकायले पूरा गर्न सकेनन् ।
- उही स्पर्धामा प्यालेस्टाइनका अहमद रिदातले पनि दौड पूरा गरेनन्, भने बहराइनका बिरहानु बाल्युले स्वर्ण जिते ।
- महिलातर्फको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ ११औं भएकी थिइन् ।
९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष १० हजार मिटर दौडमा सहभागी भएका नेपालका राजन रोकायले दौड पूरा गर्न सकेनन् ।
जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको १० हजार मिटर दौड नेपालका राजनले पूरा गर्न सकेनन् । उनीसहित प्यालेस्टाइनका अहमद रिदातले पनि दौड पूरा गरेनन् ।
उक्त विधामा २८ मिनेट २७.५१ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै बहराइनका बिरहानु बाल्युले स्वर्ण पदक जिते । भारतका गुलवीर सिंहले २८ मिनेट २९.३८ सेकेन्डमा पूरा गर्दै रजत र २८ मिनेट ३४.३८ सेकेन्डमा बहराइनका अल्बर्ट किप्टुले काश्य पदक जित्न सफल भए ।
महिलातर्फको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ ११औं भएकी थिइन् ।
प्रतिक्रिया 4