News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीको अद्यावधिक टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १४औँ स्थानमा पुगेको छ।
- जापानको नागोयामा शुक्रबार भएको एसियाली खेलकुद खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो।
- नेपालले अफगानिस्तानलाई १०२ रनमा रोकेर १०३ रनको लक्ष्य १७.२ ओभरमै पूरा गरेको थियो।
९ असोज, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ ।
आईसीसीले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार नेपाल दुई स्थान माथि उक्लँदै १४औँ स्थानमा पुगेको हो ।
शुक्रबार जापानको नागोयामा जारी एसियाली खेलकुदअन्तर्गत नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो ।
त्यही जितपछि भएको वरियता अद्यावधिकमा नेपालको स्थान सुधार भएको हो ।
नेपालले अफगानिस्तानलाई २० ओभरमा ७ विकेट गुमाएर १०२ रनमा रोक्दै १०३ रनको लक्ष्य १७.२ ओभरमै पूरा गरेको थियो ।
कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिएका थिए भने सन्दीप जोराले ३४ र रोहित पौडेलले अविजित ३३ रन बनाएका थिए।
नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार जापानसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया 4