+

विश्व गोजुरियो करातेमा सहभागी हुने खेलाडीको बिदाइ

२०८३ असोज  ९ गते १५:५९ २०८३ असोज ९ गते १५:५९

भारतको पुनेमा अक्टोबर ५ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली बुधबार भारत प्रस्थान गर्ने छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेष्ट मार्सल आर्ट्स ट्रेनिङ क्लबले आठौं डब्लुजीकेएफ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुने आफ्ना १५ खेलाडीलाई शुक्रबार बिदाइ गरेको छ।
  • भारतको पुनेमा अक्टोबर ५ देखि १० तारिखसम्म हुने प्रतियोगितामा टोली बुधबार प्रस्थान गर्नेछ र काता तथा कुमुतेमा प्रतिस्पर्धा गर्नेछ।
  • टोली प्रशिक्षकमा रन्जिता रिजाल र व्यवस्थापकमा आयुशा नेपाली छन्, भने रवि शाही र प्रशंसा पहाडीले निर्णायकको भूमिका निर्वाह गर्ने छन्।

९ असाेज, काठमाडाैं । एभरेष्ट मार्सल आर्ट्स ट्रेनिङ क्लबले आठौं डब्लुजीकेएफ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुने आफ्ना खेलाडीलाई शुक्रबार बिदाइ गरेको छ ।

भारतको पुनेमा अक्टोबर ५ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली बुधबार भारत प्रस्थान गर्ने छ ।

खेलाडीमा अन्भी शाही, मनीषा तामाङ, रितु कार्की, बन्दना तामाङ, राजीव चौधरी, यनोज महर्जन, भासराज दाहाल, दिप्सन सापकोटा, यजु महर्जन, सुविता गौतम, मेलिसा गुरुङ, सविर श्रेष्ठ डंगोल, जेमिन महर्जन, विजय बुढा र अनमोल रम्तेल रहेका छन् । खेलाडीले काता र कुमुतेमा स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

टिम प्रशिक्षकमा रन्जिता रिजाल र व्यवस्थापकमा आयुशा नेपाली छन् । एभरेष्टका प्रमुख प्रशिक्षक रवि शाही र प्रशंसा पहाडीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

टोलीलाई मौरिसस्का मानार्थ वाणिज्यदूत एवं नेपाल कराते महासंघका सल्लाहकार गणेश कार्की, आरजे स्पोर्ट्सका प्रोप्राइटर रमेश रुपाखेती, समृद्धि स्कुलका इसीए निर्देशक विकास शाहीलगायतले बिदाइ गरे । सो अवसरमा आरजे स्पोर्ट्ले टोलीलाई प्रायोजन गरेको टिसर्ट पनि हस्तान्तरण गरिएको थियो ।

कराते च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय