+

२०औं एसियन गेम्सः साइक्लिङमा नेपालका दुवै खेलाडी बाहिरिए

२०८३ असोज  ९ गते १६:२१ २०८३ असोज ९ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत जापानको ओबाटा र्याेकुची पार्कमा भएको पुरुष साइक्लिङमा नेपालका नवराज न्यौपाने ल्यापमा पराजित भए र र्‍याङ्किङमा परेनन्।
  • महिलातर्फ नेपालकी उषा खनाल पनि ल्यापमै पराजित भइन्, जहाँ ६५ खेलाडीमध्ये १० जनाले ल्याप पूरा गर्न सकेनन्।

९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत साइक्लिङमा नेपालका नवराज न्यौपाने र उषा खनाल पराजित भएका छन् । जापानको ओबाटा र्याेकुची पार्कमा शुक्रबार भएको पुरुष साइक्लिङमा नेपालका नवराज ‘ल्याप’ मा पराजित हुन पुगे ।

निर्धारित दूरीका सबै ल्याप पूरा गर्न नसकेको र पहिलो स्थानमा रहेको खेलाडीले उनलाई ल्यापले पछि पारेको अबस्थालाई ल्यापमा पराजित भएको भन्ने बुझिन्छ ।

जसका कारण नवराज कुनै पनि र्‍याङ्किङमा समावेश भएनन् । २४ जनामध्ये ४ जनाले ल्याप पूरा गर्न सकेनन् ।

महिलातर्फ पनि नेपालकी उषा ल्यापमै पराजित भइन् । ६५ खेलाडी सहभागी प्रतिस्पर्धामा १० खेलाडीले ल्याप पूरा गर्न सकेनन् ।

२०औं एसियन गेम्स एसियन गेम्स साइक्लिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय