+

नेपाल ल्युब र जनकपुर बोल्ट्सबीचको साझेदारीलाई निरन्तरता

२०८३ असोज  ९ गते १९:२४ २०८३ असोज ९ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ल्युब आयल लिमिटेडले एनपीएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्ससँग गल्फ ल्युब्रिकेन्ट्सको ‘अफिसियल ल्युब्रिकेन्ट पार्टनर’ साझेदारी नवीकरण गरेको छ।
  • झम्सिखेलस्थित द प्लाजामा नवीकरण घोषणा गर्दै जनकपुर बोल्ट्सको रङमा गल्फ प्राइड ४टी प्लस २०डब्ल्यू–५० को सीमित स्पेसल एडिसन प्याक सार्वजनिक गरिएको छ।
  • यो प्याक २०८३ असोज १५ देखि मंसिर १४ गतेसम्म बजारमा उपलब्ध हुने र अभियानमा ‘रिटेलर लिडरबोर्ड’ कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ।

९ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि गल्फ ल्युब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीचको साझेदारी नवीकरण भएको छ ।

नेपाल ल्युब आयल लिमिटेड (एनएलओएल) ले जनकपुर बोल्ट्ससँगको सहकार्यलाई निरन्तरता दिँदै गल्फ ल्युब्रिकेन्ट्सलाई टोलीको ‘अफिसियल ल्युब्रिकेन्ट पार्टनर’ का रूपमा कायम राखेको हो ।

झम्सिखेलस्थित द प्लाजामा आयोजित सम्झौता हस्ताक्षर समारोहमा साझेदारी नवीकरणको औपचारिक घोषणा गरिएको हो । सोही अवसरमा जनकपुर बोल्ट्सको रङमा तयार पारिएको गल्फ प्राइड ४टी प्लस २०डब्ल्यू–५० को सीमित ‘स्पेसल एडिसन प्याक’ पनि सार्वजनिक गरिएको छ ।

तेस्रो सिजनको साझेदारी ‘गल्फ पावर्ड बोल्ट्स’ थिमअन्तर्गत सञ्चालन हुनेछ । अभियानमार्फत प्रायोजन र ब्रान्ड दृश्यतामा मात्र सीमित नरही क्रिकेटप्रेमी, उपभोक्ता, खुद्रा विक्रेता, मेकानिक तथा व्यावसायिक साझेदारसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ ।

नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत करण कुमार चौधरीले जनकपुर बोल्ट्ससँगको सम्बन्ध ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नभएको बताए । उनले टिमसँगै मधेशको समुदायसँग पनि जोडिएको सम्बन्धलाई तेस्रो सिजनमा थप बलियो बनाउने बताए ।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले पनि गल्फले टोलीको यात्राका विभिन्न चरणमा निरन्तर साथ दिएको बताए । एनपीएलको पहिलो संस्करणको उपाधि जित्दादेखि कठिन अवस्थासम्म गल्फको विश्वास कायम रहेको भन्दै उनले साझेदारीलाई आगामी सिजनमा थप मजबुत बनाउने बताए ।

जनकपुर बोल्ट्सको पहिचान र रङलाई आधार बनाएर तयार गरिएको गल्फ प्राइड ४टी प्लस २०डब्ल्यू–५० को स्पेसल एडिसन प्याक सीमित संख्यामा बजारमा उपलब्ध हुनेछ। यो प्याक २०८३ असोज १५ देखि मंसिर १४ गतेसम्म बजारमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल ल्युब आयल लिमिटेडका डीजीएम–सेल्स एन्ड मार्केटिङ दिवाकर मिश्रले स्पेसल एडिसनमार्फत साझेदारीलाई ब्रान्ड दृश्यतामा मात्र सीमित नराखी बजारसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्य रहेको बताए ।

अभियान अवधिभर स्पेसल एडिसन प्याकको सबैभन्दा बढी बिक्री गर्ने खुद्रा विक्रेतालाई सम्मान गर्न गल्फले ‘रिटेलर लिडरबोर्ड’ कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।

तेस्रो सिजनको साझेदारीअन्तर्गत डिजिटल प्लेटफर्म, खेलदिवसका गतिविधि तथा गल्फको बजार सञ्जालमार्फत विभिन्न उपभोक्ता तथा बजारकेन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ ।

एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने तय गरिएको छ ।

नेपाल ल्युब आयल लिमिटेड गल्फ आयल इन्टरनेसनलको इजाजतप्राप्त कम्पनी हो। कम्पनीले नेपालमा गल्फ ल्युब्रिकेन्ट्सको उत्पादन तथा वितरण गर्दै आएको छ ।

जनकपुर बोल्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय