News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली १८ सदस्यीय युवा तेक्वान्दो टोली प्रह्लाद थापाको नेतृत्वमा २०२६ हाइनान सिङलोङ अन्तर्राष्ट्रिय युवा तेक्वान्दो खुला च्याम्पियनसिपका लागि चीन पुगेको छ।
- वानिङ नगरपालिका सरकार र हाइनान तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि आइतबारसम्म चीनको हाइनान प्रान्तस्थित वानिङ सहरमा हुँदैछ।
- टोलीमा विभिन्न उमेर समूहका खेलाडी छन्, जसमा २०१७ मा जन्मिएकी अवानशिखा गुप्ता सबैभन्दा कम उमेरकी खेलाडी हुन्।
९ असोज, काठमाडौं । नेपाली युवा तेक्वान्दो खेलाडीले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
२०२६ हाइनान सिङलोङ अन्तर्राष्ट्रिय युवा तेक्वान्दो खुला च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली टोली चीन पुगेको छ । वानिङ नगरपालिका सरकार र हाइनान तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि आइतबारसम्म चीनको हाइनान प्रान्तस्थित वानिङ सहरको सिङलोङ झोङआओ स्पोट्र्स स्टेडियममा हुँदैछ ।
प्रतियोगितामा नेपाली टोली प्रह्लाद थापाको नेतृत्वमा सहभागी हुँदैछ । जसमा दीपेश मानन्धर, प्रविण श्रेष्ठ, ओम भण्डारी, सोया चक्रधर, सृष्टि विक, केनिस खड्का, अवन्तिका झा, सान्वी शर्मा, अवानशिखा गुप्ता, श्रेयश तिवारी, सुविन सापकोटा, निर्भिघ्न घिमिरे, मोहम्मद सामी, सुजल लो तामाङ, प्रिन्स बोगटी, शुभम रायमाझी र सृष्टि शेर्पा छन् ।
नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी, कविराज नेगी लामालगायतले बिदाइ गरेका थिए ।
टोलीमा विभिन्न उमेर समूहका खेलाडी छन् । सन् २०१७ मा जन्मिएकी अवानशिखा गुप्ता टोलीकी सबैभन्दा कम उमेरकी खेलाडी हुन् । २०१६ मा जन्मिएकी अवन्तिका झा, २०१५ की सान्वी शर्मा तथा २०१४ मा जन्मिएका निर्भिघ्न घिमिरे र श्रेयश तिवारी पनि प्रतियोगितामा सहभागी छन् । टोलीमा अनुभवी तेक्वान्दो खेलाडी तथा प्राविधिकसमेत रहेका छन् ।
प्रतिक्रिया 4