+

एनसीसीएस आमन्त्रित भ्याली कप टी २० क्रिकेट हुने

२०८१ जेठ  ६ गते १४:५९ २०८१ जेठ ६ गते १४:५९
एनसीसीएस आमन्त्रित भ्याली कप टी २० क्रिकेट हुने

६ जेठ, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा एनसीसीएस आमन्त्रित भ्याली कप टी २० क्रिकेट हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही १२ देखि १९ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ६ टिमको सहभागिता हुने भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष अध्यक्ष डा. मनीषराज पाण्डेले जानकारी दिए । जसमा उपत्यकाका तीन जिल्लाबाट २–२ टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा भक्तपुर क्रिकेट सेन्टर र भक्तपुर क्रिकेट एक्सलेन्स सेन्टर, ललितपुरका बल पार्क स्पोर्टस् इभेन्ट एण्ड एकेडेमी र ग्रेट हिमालय क्रिकेट एकेडेमी तथा काठमाडौंबाट क्रिकेट एक्सलेन्स सेन्टर र ओसिस क्रिकेट एकेडेमी छन् ।

पुरुष टिमतर्फ दुई समूहमा विभाजन गरिने छ र लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

महिलातर्फ तीन वटा जिल्लाका टिमको सहभागिता रहने छ । महिलातर्फ डबल राउन्ड रोविनमा खेल हुनेछ र शीर्ष दुई टोलीबीच फाइनल खेल खेलाइने छ ।
प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

विजेता महिला र पुरुष टोलीले नगद २५ हजार पाउनेछन् भने उपविजेता दुवै टिमले समान १५ हजार पाउनेछन् ।

यस्तै व्यक्तिगत उत्कृष्टलाई पनि नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष डा. मनीषराज पाण्डे यो वर्षदेखि महिला र पुरुषको प्रतियोगिता सुरुवात गर्न लागेको र ग्रासरुट क्रिकेटलाई पनि सशक्त ढंगले अघि बढाउने लक्ष्यसहित प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा एनसीसीएस ग्रुप छ । एनसीसीएस ग्रुपका अध्यक्ष सन्तोष मास्के आफ्नो कम्पनीले क्रिकेटलाई यसअघि पनि सहयोग गर्दै आएको बताए ।

भ्याली कप टी २०

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय