+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा जापानलाई एक गोलको अग्रता, बराबरी गोल गर्न ब्राजिलको संघर्ष

२०८३ असार  १५ गते २३:३७ २०८३ असार १५ गते २३:३७

एक गोलले पछि परेको पाँच पटकको विश्व विजेता ब्राजिलले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ खेलमा जापानले ब्राजिलविरुद्ध पहिलो हाफमा १-० गोलको अग्रता लिएको छ ।
  • जापानका काइसु सानोले खेलको २९औं मिनेटमा एक्लै बल अगाडि बढाउँदै ब्राजिलविरुद्ध गोल गरेका हुन् ।
  • पाँच पटकको विश्व विजेता ब्राजिलले खेलमा बराबरी गर्ने प्रयास गरे पनि पहिलो हाफसम्म सफल हुन सकेको छैन ।

१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा जापानले ब्राजिल विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

उनले मैदानको बिच भागमा ब्राजिलियन खेलाडीको मिस पासलाई कलेक्ट गर्दै एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन् । सानोको लामो प्रहार ब्राजिलका गोलकिपर एलिसन बेकरले रोक्ने कुनै अवसर पाएनन् ।

जर्मन क्लब मेइन्ज ०५ बाट खेल्ने जापानका लागि सानोको यो पहिलो गोल समेत हो ।

एक गोलले पछि परेको पाँच पटकको विश्व विजेता ब्राजिलले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।

पहिलो हाफका जापानका गोलकिपर जिओन सुजुकीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

 

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय