+
फिफा विश्वकप २०२६ :

ब्राजिलले फर्कायो बराबरी गोल

२०८३ असार  १६ गते ०:०५ २०८३ असार १६ गते ०:०५

मिडफिल्डर कासेमिरोले ५६औं मिनेटमा हेड मार्फत गोल गरेका हुन् । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ खेलमा ब्राजिलले जापान विरुद्ध बराबरी गोल फर्काएको छ ।
  • मिडफिल्डर कासेमिरोले ५६औं मिनेटमा हेड मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।
  • यसअघि जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले दोस्रो हाफमा जापान विरुद्ध बराबरी गोल फर्काएको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा मिडफिल्डर कासेमिरोले ५६औं मिनेटमा हेड मार्फत गोल गरेका हुन् । उनले गाब्रीएल मागल्हाएसको क्रसमा गोल गरेका हुन् ।

पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवात देखि नै जापानमाथि लगातार दबाब बनाएको थियो । तर जापानका गोलकिपर जिओन सुजुकीले उत्कृष्ट बचाउ गर्दा ब्राजिलले गोल गर्न सकेको थिएन ।

तर कासेमिरोले गोल गर्दै खेल बराबरी गरे । कासेमिरो ब्राजिलका लागि विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी समेत बने । उनले ३४ वर्ष १२६ दिनको हुँदा गोल गरेका हुन् । यसअघि बेबटोले ३४ वर्ष १३७ दिन हुँदा सन् १९९८ मा डेनमार्क विरुद्ध गोल गरेका थिए ।

५२औं मिनेटमा ब्राजिलका डानिलोको पासमा ब्रुनो गुमाइरेसको हेडर जापानका गोलकिपर सुजुकीले उत्कृष्ट बचाउ गरेका थिए ।

यस्तै ५४औं ब्राजिलका कासेमिरोले हानेको बल जापानका डिफेन्डरले गोललाइनबाट बचाएका थिए ।

त्यसअघि जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले मैदानको बिच भागमा ब्राजिलियन खेलाडीको मिस पासलाई कलेक्ट गर्दै एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन् । सानोको लामो प्रहार ब्राजिलका गोलकिपर एलिसन बेकरले रोक्ने कुनै अवसर पाएनन् ।

जर्मन क्लब मेइन्ज ०५ बाट खेल्ने जापानका लागि सानोको यो पहिलो गोल समेत हो ।

 

 

 

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय