+
क्रिकेट विश्वकप लिग २ :

नामिबिया विरुद्ध २१२ रनको लक्ष्य पछ्याउँदै नेपाल

२०८३ साउन  ११ गते १९:२५ २०८३ साउन ११ गते १९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गरेको छ ।
  • नेदरल्यान्ड्सको उट्रेचमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो ।
  • विश्वकप छनोटको सम्भावना कायम राख्न नेपाल यस शृङ्खलामा पहिलो जित निकाल्ने दबाबमा छ ।

११ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबिया विरुद्ध भइरहेको खेलमा नेपालले २१२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको छ ।

नेदरल्यान्ड्सको उट्रेचमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो ।

नामिबियाका लागि जान फ्रायलिंकले शतक प्रहार गरे । १४९ बलमा ३ चौका प्रहार गर्दै १०० रन बनाएपछि उनी रनआउट भएका थिए ।

लाउरेन स्टिनकाम्पले ८७ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ५९ रन योगदान गरे । दोस्रो विकेटका लागि फ्रायलिंक र स्टिनकाम्पले १३१ रनको साझेदारी गरे ।

नेपालका लागि मिडियम पेसर करण केसीले सानदार बलिङ गर्दै ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २९ रन मात्र खर्चेर ओडिआई करियरमा चौथो पटक ५ विकेट लिएका हुन् ।

साथै करण यसै खेलमार्फत नेपालका लागि ओडिआईमा १०० विकेट लिने दोस्रो खेलाडी समेत बने । सोमपाल कामीले १ विकेट लिए ।

यसअघिको दुवै खेलमा पराजित भएको नेपाल लिग २ को यस शृंखलामा पहिलो जितको खोजीमा छ ।

शीर्ष चारमा रहँदै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कायम राख्न पनि नेपालका लागि अब हरेक खेल जित्नैपर्ने अवस्था छ ।

यस शृखंलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

PHOTO: FB/CAN

क्रिकेट विश्वकप लिग २ नेपाल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय