+
+

अधिकारी दम्पतीको स्वास्थ्यबारे जानकारी गराउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १४ गते १५:५२

१४ साउन, काठमाडौं । सभामुख सुवास नेम्वाङले आफ्ना छोराका हत्याका दोषीलाई कारबाहीको माग गर्दै अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पतीको स्वास्थ्य स्थितिबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

संसदको बुधबारको बैठकमा सभासदहरुले अधिकारी दम्पतीको अवस्थाबारे ध्यानाकर्षण गराएका थिए । लगतै रुलिङ गर्दै सभामुख नेम्वाङले अधिकारी दम्पतीलाई नियमित स्वास्थ्य उपचार गर्न र त्यसबारे संसद्लाई जानकारी गराउनसम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?