+
+

मध्यपश्चिमाञ्चलका उपकुलपतिसहित चारलार्इ निलम्वन गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २१ गते १५:३४

२१ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपतिसहित चार पदाधिकारीलार्इ निलम्वन गर्न निर्देशन दिएको छ ।

उपकुलपति प्रा. डा. पदमलाल देवकोटा, सेवा आयोगका अध्यक्ष प्रा. डा. नवराज कणेल, सेवा आयोगका सदस्य प्रा.डा. श्रीराम प्रसाद उपाध्याय र रजिष्ट्रार डा. ठकेन्द्र प्रकाश गिरीलार्इ निलम्वन गरी आयोगमा उपस्थित गराउन कुलपति एवं प्रधानमन्त्री सुशील कोइरालालार्इ लेखी पठाएको अख्तियारले जनाएको छ ।

भौतिक पूर्वाधार निर्माण, खरिद प्रक्रिया, शिक्षक तथा कर्मचारी नियुक्ति र विश्वविद्यालयको कोष संचालनमा अनियमितता गरेको आरोपमा अख्तियारले मंगलबार मात्र पाँच डिनसहित १४ अधिकारीलार्इ निलम्बन गर्न निर्देशन दिएको थियो ।

अख्तियारले विद्यार्थीहरुको अध्ययन अध्यापन तथा परीक्षा सम्वन्धी निर्धारीत कार्यक्रममा कुनै पनि प्रकारको असर नपर्ने गरी दैनिक प्रशासन संचालनको व्यवस्था मिलाउन पनि सरकारलार्इ निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?