स्मार्टफोन बजारमा एप्पलको आइफोनले एकाधिकार जमाइरहेका बेला कोरियाली कम्पनी सामसुङले बेग्लै अपरेटिङ सिस्टम, बेग्लै डिजाइन तथा सुविधाका साथ आफुलाई उपभोक्तामाझ पुर्याएको थियो ।
त्यही फरकपन र नयाँ स्वादकै कारण सामसुङ एप्पललाई पछार्दै बिश्वकै नम्बर एक स्मार्टफोन उत्पादक बन्न सफल रह्यो ।
तर, के सामसुङले अब भिन्नै हुने आत्मबिश्वास गुमाइसकेको हो ? डिजाइनका सन्दर्भमा सामसुङका पछिल्ला कदम हेर्दा तपाइँ त्यही निष्कर्ष निकाल्न बाध्य हुनुहुनेछ ।
सामसुङले दुई दिनअघि मात्रै सार्वजनिक गरेको ‘ग्यालेक्सी अल्फा‘को डिजाइन हेर्नुभयो तपाईं एकछिन झुक्किनुहुने छ । किनकी यसको डिजाइन करिव-करिव आइफोनसँग मिल्छ । यसले सामसुङको तुलना डिजाइन नक्कल गर्ने चिनियाँ ब्रान्ड जियोमीसँग हुनसक्नेछ ।
अहिलेसम्म सामसुङ स्मार्टफोन प्लास्टिक कभरमा आउँथे । तर, यसपटक सामसुङ आइफोनजस्तै आल्मुनियम कभरमा छ । अनि डिजाइन पनि आइफोनसँग मिल्दोजुल्दो छ ।
सामसुङले सार्वजनिक गरेको भिडियो र प्रेस सामाग्रीका आधारमा हेर्दा यो फोन मिड रेन्जको ग्यालेक्सी सेरिज जस्तो देखिन्छ । ७ मिलिमिटर बाक्लो अल्फा सामसुङकै सवैभन्दा पातलो स्मार्टफोन हुनेछ ।
सामसुङले आफ्ना स्मार्टफोन सेरिजमध्ये अल्फामा ‘नयाँ डिजाइन बिधि’ अपनाइएको जनाएको छ । अघिल्ला स्मार्टभन्दा यसका चौकुना कम घुमेको देखिन्छ जसका कारण पनि डिजाइन करिव अाइफोनसँग मिलेको जस्तो देखिन्छ ।
केके छन सुबिधा ?
४.७ इन्च चौडा र ७२० पिक्सेलको स्क्रिन रहेको छ भने पछाडीको क्यामेरा १२ मेगापिक्सेल र अगाडीको क्यामेरा २.१ मेगा पिक्सेलको छ ।
सेप्टेम्बरको पहिलो साता बजारमा आउने ग्यालेक्सी अल्फा बिभिन्न ५ रंगमा उपलब्ध हुने छ । ग्यालेक्सी एस ५ मा जस्तै यसमा पनि फिंगरप्रिन्ट सेन्सर हुने छ ।
अहिलेसम्म यसको मूल्यमा बिषयमा कम्पनीले कुनै जानकारी नदिएको भएपनि ग्यालेक्सी एस ५ भन्दा अलिक कम मूल्यसहित आउने बिजनेस इनसाइडरले अनुमान गरेको छ ।
सामसुङ ग्यालेक्सी अल्फा- प्राबिधिक बिबरण | |
---|---|
स्क्रिन | ४.७ इन्च |
प्रोसेसर | अक्टा कोर |
अपरेटिङ सिस्टम | ४.४.४ किटक्याट |
क्यामेरा | १२ मे.पी(पछाडी), २.१ अगाडी |
मेमोरी | र्याम २ जीवी, इन्टरनल मेमोरी ३२ जीवी |
ब्याट्री | १८६० mAh |
हेर्नुहोस् भिडियो-
प्रतिक्रिया 4