+
+

सम्पत्ति शुद्धीकरणका अधिकृत घुस लिँदा लिँदै रंगेहात पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३१ गते १९:४३

३१ साउन, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागका शाखा अधिकृत शम्भु चालिसे घुस लिदा लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

सेवाग्रहीसँग १० लाख घुस लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेलाई भैसेपाटीबाट पक्राउ गरेको हो । सेवाग्रहीले उजुरी गरेपछि अख्तियारको टोली गएको थियो ।

चालिसे अख्तियारको थुनामा छन् । छानबिनपछि चालिसेविरुद्ध भ्रष्टाचारको अभियोगपत्र पेस गरिने अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?