+
+

साहरुख र काजोलको जोडी दोहोरिएला ?

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १२:२३

srk-and-kajol

निर्देशक रोहित सेट्ठीले नयाँ फिल्ममा साहरुख खानलाई अनुबन्ध गरेको कुरो सार्वजनिक भए लगत्तै काजोल पनि सोही फिल्ममा देखिने हल्ला चलेको छ बलिउडमा ।
यस विषयमा रोहितले मुख खोलेका छैनन् । यति मात्रै भन्छन ‘फेरि साहरुख र काजोल एउटै फिल्ममा देखिन पनि सक्छन्’ ।
साहरुख खान र अजय देबगणको सम्बन्ध सुधारका लागि रोहितले राम्रै पहल गरेका छन् । रोहितकै कारण साहरुख र अजयले सार्वजनिक कार्यक्रममा गला मिलाएनन् मात्रै, एक अर्काको सन्चो बिसन्चो पनि सोधे ।
साहरुख र काजोल कुनैवेला बलिउडका सबै भन्दा रोमान्टिक जोडीका रुपमा चिनिन्थे । दर्जन बढी फिल्ममा काम गरेका साहरुख र काजोललाई दर्शकले निकै मन पराएका थिए ।
रोहित शेट्ठीको फिल्मको कुरा आएपछि भने दर्शकहरु केही ससंकित भएका छन् । किनकी रोहित फिल्ममा एक्सनलाई भरपुर प्रयोग गर्न चाहन्छन् । साहरुख र काजोलको जोडी एक्सन फिल्ममा नसुहाउने पो हो कि ? केही दर्शकहरुले सामाजिक सञ्जाल मार्फत चिन्ता ब्यक्त गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?