+
+

महले भने ‘कला क्षेत्रमा आउन सजिलो छ’

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ८ गते ९:१३

power-of-satire_20140627085217
काठमाडौ । हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले अहिलेका पुस्तालाई कलाकारितामा लाग्न निकै सजिलो भएको बताएका छन् ।

पोखरामा आयोजित ‘बिग आईकन’ को पाँचौ संस्करणका बिजेतालाई पुरस्कृत गर्दै हरिबंश आचार्यले हरेक शहरमा विभिन्न किसिमका रियालिटि शो सुरु हुनु राम्रो भएको धारणा राखे । ‘अहिले विभिन्न शहरमा रियालीटि शो सुरु भएको छ । यस्ता शोले कला क्षेत्रमा आउन चाहनेहरुलाई सहज भएको छ ।’ उनले भने ।

अर्का कलाकार मदनकृष्ण श्रेष्ठले पनि आफ्नो पालामा प्रतिभा प्रस्तुत गर्ने फोरम नभएको जानकारी दिंदै भने ‘अहिलेका भाई बहिनीलाई धेरै सजिलो छ, मन भएपठि ठाँउ पाउन गार्हो छैन ।’

विगत पाँच वर्षदेखी बिग एफएमले आयोजना गर्दै आएको गायन प्रतियोगितामा मुस्ताङका कुन्साङ गुरुङ बिग आईकल घोषित भए । उपाधिसंगै उनले एकलाख पचास हजार बराबरको स्कुटी उपहार पाएका छन् । चितवनका सन्दिप ढुंगाना सेकेण्ड रनर अप र धरानका राम लिम्बु र हेम्जाकी  ह्याल्मो डलकर थर्ड रनर अप भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?