१० भदौ, संखुवासभा । संखुवासभाको धुपु गाविस-५ बलाङ्गा टोलका स्थानीयले रुद्राक्ष बगैंचामा नियतवश हेरी शंकास्पद गतिविधि गर्ने गर्नेलाई जरिवाना तोकेको छ ।
बलाङगा टोलको पुर्वमा पाङ्सु खोला, पश्चिममा थोत्ने खोला, उत्तरमासम्मा पातल र दक्षिणमा २ खोला दोभानको चार किल्लामा पर्ने बहुमूल्य रुद्राक्षको चोरी हुन नदिन टोलबासीले यो निर्णय गरेका हुन् ।
यस्तो छ जरिवाना रकम
टोलबासीको बैठकपछि रुद्राक्षको फेदवरीपरी गलत नियतले हेर्नेलाई हर्नेलाई १० हजार रुपैयाँ जरिवना गर्ने निर्णय भएको छ । त्यसैगरी रुखमा चढेको भेटिए ३० हजार, गुलेली लिएर रुख वरीपरी हेरेको भेटिए २० हजा र रुद्राक्षको फेदमा झरेको दाना टिप्नेलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
त्यस्तै रोपेको र नर्सरी गरेको बिरुवा लगेको पाइए प्रतिबिरुवा १० हजार रुपैयाँ जरिवाना तिराउने नियम बनाइएको छ । यो नियम रुद्राक्षको बोटमा दाना फल्न थालेदेखि पाकेर टिप्ने बेलासम्म लागू हुने भएको छ ।
भोजपुर र संखुवासभामा असोज भित्रमा बहुमूल्य दाना टिपीसक्ने चलन छ । पछिल्लो समय रुद्राक्ष खेतीमा आकषिर्त धुपु गाविसका स्थानीयले वर्षेनी १० लाख रुपैयाँ बराबरका रुद्राक्ष बिक्री गर्दै आएका छन् । भोजपुरको दिङ्गला क्षेत्र र संखुवासभामा फल्ने रुद्राक्षको एउटा बहुमूल्य दाना ५० लाख सम्ममा विक्री हुने गरेको छ ।
ध्यान कुलुङबाट
प्रतिक्रिया 4