+
+

नम्रता र ‘लाहुरे’ बक्स अफिसमा कति सफल ?

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ११ गते १२:४०

lahure-and-namrata
निक्कै प्रचार गरिएको चलचित्र ‘ताण्डव’ले बक्स अफिसमा कमाल मच्चाउन त सकेन । तर निर्माता मोहन डोटेल सिनेमाबाट आफू घाटामा नै जाने कुरा भने स्विकार गर्दैनन् । सिनेमाको निर्माणपक्षले जनाएअनुसार ४ दिनमा चलचित्रले ५९ लाख ग्रस कलेक्शन गरेको छ । देशभरका ३० पर्दाबाट सिनेमाले यो कलेक्शन गरेको हो । काठमाण्डौ भित्र आफै वितरणको जिम्मा सम्हालेकाले पनि निर्मातालाई आम्दानी बाड्नु पर्ने छैन ।

काठमाण्डौ बाहिरका वितरक उज्वल पौडेलका अनुसार सिंगल स्त्रिmनभन्दा मल्टिप्लेक्समा सिनेमाको व्यापार राम्रो छ । चलचित्रले आउँदो शुक्रबार र शनिबार राम्रो व्यापार गर्ने दाबी निर्माता डोटेलको छ । तीज बिदाको फाइदा पनि सिनेमाले उठाउनेमा निर्माणपक्ष ढुक्क देखिएको छ ।

डोटेलका अनुसार,दर्शक र समिक्षकले दिएको प्रतिक्रियालाई उनले स्विकार गरेका छन् । ‘अर्को सिनेमाबाट म पाठ सिक्छु’-निर्माता डोटेलले भने । र्‍यापर गायक आशिष राना ‘लाहुरे’, नम्रता श्रेष्ठको यो सिनेमाले बक्स अफिसमा सुरुवातका २ दिन तताएको थियो । उच्च प्रचारको प्रभाव सिनेमाको विकेन्ड कलेक्शनमा परेको देखिन्छ । तर नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कोहिनुर’को व्यापारले ‘ताण्डव’लाई केही मात्रामा असर गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?