१२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको संघीय गणतान्त्रिक मोर्चाको बैठक बिहीबार बस्दैछ ।
प्रचण्ड निवास लाजिम्पाटमा बस्ने बैठकमा मोर्चामा सहभागी सम्पूर्ण दलहरु उपस्थित हुनेछन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग भएको एमाओवादीको खटपटपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।
कांग्रेस,एमालेसँगको बैठकमा प्रचण्डले राज्य पुनःसंरचना अन्तर्गत जातीय राज्यको विषयमा मदेशी र जनजातीसँग छलफल गर्नुपर्ने बताएका थिए । बैठक सोही विषयमा केन्दि्रत हुने प्रचण्डको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4