३० भदौ, काठमाडौं । जनजाति पार्टीहरुको मोर्चा ‘पहिचानमा आधारित संघीय गठबन्धन’ले बहुमतको आडमा संविधान गर्न खोजे सविधानसभाबाट विद्रोह गर्ने चेतावनी दिएको छ ।
गठवन्धनले सोमबार पत्रकार सम्मेलन गरेर राष्ट्रिय सहमतिका आधारमा संविधान जारी गर्नुपर्नेमा जोड दिएको छ । ‘प्रक्रियाबाट टुंगो लगाउने बाहनामा बहुमतको बल मिचाईबाट संबिधान जारी गर्ने चेष्टा गरियो भने हाम्रो लागि कुनै पनि हालतमा मान्य हुने छैन’ मोर्चाले भनेको छ-‘जवरजस्ती त्यस्तो गरिएमा संबिधानसभा र सडकबाट प्रतिकार गरिने छ ।’
खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तथा गठबन्धनका अध्यक्ष रामकुमार राईले कांग्रेस र एमालेले बहुमतको हवाला दिँदै पुरानै संविधान फर्काउन खोजेको आरोप लगाए ।
गठबन्धनले ९ बुँदे अवधारणा समेत सार्वजनिक गरेको छ । गठबन्धनले पहिलो संविधानसभामा भएको सहमतिका आधारमा नै राज्यको पुनःसंरचना लगायतका बिषयहरु टुंगो लगाउनु पर्ने बताएको छ । त्यसको ठिक बिपरित हुने गरी प्रदेशको संख्या र नामंकन निर्धारण गर्ने कोशिष जुन ढंगले गरि रहेको छ, त्यो हामीलाई मान्य हुँदैन’ उसले भनेको छ ।
‘पहिचानमा आधारित संघीय गठबन्धन’ले लिम्वुवान, थरुहट र खम्बुवान आन्दोलनको क्रममा पक्राउ गरेकाहरुमाथि लगाइएको मुद्धा फिर्ता लिन र विभिन्न पक्षसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।
प्रतिक्रिया 4