+
+

भीआइपीको सवारीले सडकमा अघोषित कर्फ्यू (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ८ गते १९:०५

VIP sawari jam  (4)

८ असोज, काठमाडौं । गणतन्त्र नेपालका उपराष्ट्र्रपति जनवादी गणतन्त्र चीनको भ्रमणमा निस्कँदा बुधवार विहान करीव एक घण्टा अघोषित कर्फ्यूको दृष्य सडकमा देखियो ।

चीन भ्रमणमा निस्किएका उपराष्ट्रपति परमानन्द झाको ‘सवारी’ तत्कालिन राजा महाराजाको भन्दा कुनै पनि अर्थमा फरक थिएन । अझ उपराष्ट्रपतिलाई विदाई गरेर फर्किएका कार्यवाहक प्रधानमन्त्री बामदेव गौतम फर्किँदा समेत सडक खाली गराएपछि काठमाडौं उपत्यकाको कार्यालय समयको सवारी आवागमन अस्तव्यस्त बन्न पुग्यो ।

उपराष्ट्रपतिको सवारीका कारण लाजिम्पाटदेखि रातोपुल गौशाला क्षेत्रको सडक खाली गराउँदा चाबहिलदेखि पूरानो बानेश्वरसम्मको ट्राफिक अस्तव्यस्त थियो ।

उपराष्ट्रपतिलाई विदाई गरेर फर्किएका कार्यवाहक प्रधानन्त्री गौतम मन्त्री निवास पुल्चोक नपुन्जेल विमानस्थललदेखि सिनामंगल, तिनकुने, मीनभवन, बानेश्वर, माइतीघर सडक पूरै खाली गराइएको थियो ।

VIP sawari jam  (1)

कार्यालय समयमा हजारौं सवारी साधन मूल सडक जोडिने सहायक सडकहरुमा रोकिएपछि राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त थियो । करीव आधा घण्टादेखिनै ट्राफिक प्रहरीले सडक क्लियर गर्न थालेपछि हजारौं सवारी साधन र यात्रु अलपत्र परेका थिए ।

Jam-1

प्रहरीले सर्वसाधारणलाई पैदल यात्रामा समेत अवरोध सिर्जना गरेपछि उनीहरु आक्रोशित बनेका थिए ।  एक घण्टा बढि सवारी जाम पारेर रोकिएपछि गन्तव्यमा जान नपाएका सवारी चालकहरुले हर्न बजाएर बिरोध जनाएका थिए । ट्राफिक प्रहरीले बिजुलीबजारमा हर्न बजाएर बिरोध जनाउने केही मोटरसाइकलको चाबी खोसेका थिए ।

VIP sawari jam  (3)

माथिको आदेश होः ट्राफिक डीआइजी 

यसैबीच महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले उपराष्ट्रपतिको औपचारिक चीन भ्रमण भएका कारण सरकारको नीति अनुसार नै सडक खाली गराइएको बताएका छन् ।

अधिकारीले अनलाइनखबरसँग भने-‘हामीले त माथिको आदेश अनुसार गर्ने हो, उपराष्ट्रपतिज्यूको औपचारिक भ्रमण भएकाले सडक खाली गराइएको हो । केहीबेर यातायात व्यवस्थापनमा समस्या भयो ।’ उनले कार्यवाहक प्रधानमन्त्री विमानस्थलबाट फर्किँदा पनि आदेश अनुसारनै सडक खाली गराइएको प्रतिक्रिया दिए ।

उनले केहीबेर मात्र ट्राफिक व्यवस्थामा समस्या आएको दावी गरे पनि चाबहिलदेखि पुल्चोकसम्मको सवारी आवागमन दुई घण्टा प्रभावित बन्यो ।

Jam-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?