+
+

स्टकहोल्ममा बडादसैँ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १९ गते ६:३९

स्वीडेन । गैरआवासीय नेपाली सङ्घ र हेल्प नेपाल नेटवर्क स्विडेनको संयुक्त आयोजनामा शनिबार स्वीडेनको राजधानी स्टकहोल्ममा बडादसैँ कार्यक्रम आयोजना गरियो ।

स्थानीय म्याण्डारिन प्याराडाइज रेष्टुरेन्टमा आयोजित दसैँ कार्यक्रममा टीकाटालो, गायन, नृत्यजस्ता विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

एनआरएनए स्विडेनकी अध्यक्ष शिखा आचार्यको स्वागत मन्तव्यबाट सुरु गरिएको दसैँ कार्यक्रममा स्विडेन नेपाल मैत्री सङ्घका अध्यक्ष डा कटक मल्ल, हेल्प नेपालका उपाध्यक्ष विकास शाक्य, नेपाल मण्डलका सुवास अधिकारी र एनआरएनए स्विडेनका पूर्व उपाध्यक्ष डा.वृजेश मैनालीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सङ्घका अनुसार कार्यक्रममा उपस्थित सबैभन्दा पाका शिरोमणि उपाध्याय र विणा उपाध्यायले आगन्तुकहरुलाई टीका जमरा लगाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?