+
+

अलिया भट्ट ‘लेडी सिरियल किसर’

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३० गते ११:३०

alia-bhatt-kissing

मुम्बइ । अभिनेता इमरान हाशमी सीरियल किसर मानिन्थे एक ताक । उनले अभिनय गरेको हरेक फिल्ममा हिरोइनसँग चुम्बन गरेकै हुन्थे । इमरानको त्यो छवि अब नायिका अलिया भट्टमा सरेको छ ।

चार फिल्ममा लगातार नायकसँग चुम्बन गर्दै आएकी अलियाले पाँचौ फिल्ममा पनि चुम्बनलाई निरन्तरता दिन लागेपछि उनले इमरानलाई माथ गर्न लागेको चर्चा हुन थालेको छ ।

भारतीय समाचार संस्थाहरुले उल्लेख गरे अनुसार अलियाले अर्को फिल्म ‘शानदार’मा शाहिद कपूरसँग चुम्बन गर्ने भएकी छिन् । निर्देशक विकास बहलको भनाइअनुसार अलियाले चुम्बनको सिन गर्न नमान्लिन् कि भन्ने डर लागेको थियो रे उनलाई । जब, चुम्बनयुक्त दृष्यको विषयमा कुरा भयो । अलिया आफैले भनिन ‘यो सिनलाई यसरि गर्दा राम्रो हुन्छ ।’

शाहिदको पहिलो फिल्म ‘इश्क विश्क’ हेरेरै उनको चुम्बन गर्ने शैलिवाट प्रभावित भएको धारणा राख्ने अलियाले फिल्ममा चुम्बनको दृष्य दिन कुनै आपत्ति नभएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?