+
+

अरिङ्गालले टोक्दा एकै परिवारका तीनको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते १०:०३

२ कात्तिक, म्याग्दी । म्याग्दीमा अरिङ्गालले टोकेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेनी नगरपालिका वडा नंं. ९ घतान काउलेगौडाका ५५ वर्षका दल पुरी, उनकी श्रीमती ४५ वर्षकी शिवा पुरी र १२ वर्षका छोरा आशीष पुरीको मृत्यु भएको हो ।
शनिबार घाँस काट्न गएका उनीहरुलाई अरिङ्गालले टोकेको थियो । टोकाइबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा तीनै जनाको गएराति मृत्यु भएको हो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि मणिपाल अस्पताल पुर्‍याइएको थियो ।
मृतकको शवलाई राति नै बेनी ल्याइएको छ । शवलाई आज आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?