पुष्प दुलाल
१० कात्तिक, काठमाडौं । सरकारले सवारीसाधन बीमा अनिवार्य गरेसँगै निर्जीवन बीमा कम्पनीको कारोबार बढेको छ । कूल निर्जीवन बीमा व्यवसायको झन्डै आधा हिस्सा ‘अटो प्रिमियम’ रहेको तथ्यांकले नेपालमा मोटर बीमाको दायरा फराकिलो बन्दै गएको पुष्टिसमेत गर्छ ।
सञ्चालनमा रहेका कम्पनीहरुले आर्थिक वर्ष २०७०/०७१ मा २६ लाख १० हजार सवारी साधन बीमालेख जारी ३ अर्ब ५ करोड ७३ लाख रुपैयाँ अटो प्रिमियम संकलन गरेको बीमा समितिले जनाएको छ ।
यस अवधिमा कम्पनीहरुले १ अर्ब ६० करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुको कूल पि्रमियम ६ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
सरकारले मोटर बीमा र तेस्रो पक्ष बीमा अनिवार्य गरेपछि मोटर बीमाको आकार बढेको प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्न उपाध्यायले अनलाइनखबरलाई बताए ।
‘सरकारले सवारी साधन र तेस्रो पक्ष बीमा अनिवार्य गरेपछि यो क्षेत्रले निर्जीबन बीमा कम्पनीहरुको कारोबार करिब १०० प्रतिशतले बढाएको छ’ उनले भने ।
सवारी साधनको संख्या बढेसँगै अटो इन्स्योरेन्सको कारोबार बढेको लुम्बीनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बराल बताउँछन् ।
‘खासगरी पछिल्ला वर्षहरुमा नेपालमा निजी सवारी साधनको संख्या अत्यधिक बढेको छ, संख्या बढेसँगै अटो इन्स्योरेन्सको कारोबार पनि बढेको हो, बैंकहरुले पनि सवारीसाधनमा कर्जा बढाएका छन्’ बरालले भने ।
प्रत्येक वर्ष निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १५ देखि १८ प्रतिशतले बढ्दै गएको बरालले बताए । बढ्दो व्यवसायसँगै ‘फेक क्लेम’ अर्थात झुटो दाबी पनि बढेको उनको गुनासो छ ।
‘फेक क्लेम समस्याकोरुपमा झाँगिदै गएको छ, यसतर्फ सरोकारवालाले समयमै ध्यानाकर्षण हुन जरुरी भइसकेको छ’ उनले भने ।
कति सवारी साधन छन् ?
यातायात व्यवस्था विभागका अनुसार नेपालमा सवारी साधनहरुको संख्या १७ लाख छ । विभागका अनुसार १३ लाख ७१ माेटरसाइकल, ३२ हजार बस, १४ हजार ७ सय मिनिबस/मिनी ट्रक, ५२ हजार ९ सय हृयाभी गाडी रहेका छन् ।
त्यसैगरी, २ हजार ८ सय माइक्रो, २३ हजार ८ सय पिकअप, १ लाख ५० हजार कार जीप र भ्यान, ९३ हजार ट्रयाक्टर पावर ट्रेलर र अन्य ६ हजार ५ सय रहेका छन् । अझै पनि सबै सवारी साधन बीमाको पहुँचमा नआएको सरोकारवालाहरु बताउँछन् ।
सवारी साधनमा बैंकहरुको लगानी १२ अर्ब
बैंकको व्याजदर सस्तो भएपछि खरिदकर्ता थपिँदा सवारी साधनको आयात २२ प्रतिशतले बढेको छ । आयातमा भएको वृद्धिसँगै यो क्षेत्रबाट उठ्ने राजस्व पनि १७ प्रतिशतले बढेको छ ।
सस्तो व्याजदरमा सवारी साधन कर्जा (अटोलोन) पाएपछि सवारी साधनका खरिदकर्ता बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् ।
‘बैंक व्याजदर घटेपछि सवारी कर्जा बढेको छ’ सीइओ दाहालले भने- सस्तो व्याजमा कर्जा पाएपछि आफ्नै गाडी चढौं न भन्ने नेपाली मानसिकता छ ।’
अघिल्लो वर्षको जेठ महिनामा ११.३ प्रतिशतले घटेको सवारी साधन कर्जा गत वर्षको सोही महिनामा भने ११.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १४/१५ प्रतिशत रहेको सवारी कर्जाको व्याजदर गत वर्ष १० प्रतिशतको हाराहारीमा झरेको छ ।
‘व्याजदर यसरीनै घट्ने हो भने सवारी साधनको आयात अझै बढ्छ’ दाहालले भने -अधिक तरलताका कारण व्याजदर घटेको छ, त्यसैले बैंकहरु आम्दानीका लागि यो क्षेत्रमा लगानी बढाउन बाध्य हुन्छन् ।’
एक वर्षको अवधिमै बैंकहरुले १ अर्ब २५ करोड ७३ लाख रुपैयाँ सवारी साधन कर्जा बढाएका छन् । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्ममा बैंकहरुले ११ अर्ब ९४ करोड ४० लाख रुपैयाँ सवारी साधन कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा यस्तो कर्जा १० अर्ब २८ करोड २५ लाख रुपैयाँ थियो ।
अधिक तरलता (लगानी योग्य पुँजी) को उच्च चापमा रहेका रहेका बैंक तथा वित्तीय संस्थाहरुले ‘अटोलोन’ बढाएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए ।
लगानीका अन्य क्षेत्र पहिचान नभइसकेको तर बैंकसँग अधिक तरलता भएका कारण आम्दानीका लागि सवारी साधानमा कर्जा बढाएको उनको भनाई थियो ।
व्यापार निर्यात तथा प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७०/०७१को जेठ महिनासम्ममा नेपालले ३६ अर्ब ३४ करोड रुपैयाँ बराबरको सवारी साधन तथा यसका पाटपुर्जा आयात गरेको छ । जुन, आव २०६९/०७०को जेठ महिनाको तुलनामा २२.१ प्रतिशतले बढी हो ।
केन्द्रका अनुसार जेठ महिनासम्ममा सवारी साधनको आयातबाट राज्यले ३ अर्ब ९८ करोड रुपैयाँ राजस्व उठाएको छ । यो अघिल्लो वर्षको तुलनामा १७.२ प्रतिशले बढी हो । अघिल्लो जेठ मसान्तमा ३ अर्ब ४९ करोड २७ लाख रुपैयाँ राजस्व असूली भएको थियो ।
बीमकको नाम | विवरण | मोटर बीमा |
---|---|---|
नेपाल इन्स्योरेन्स | जारी बीमालेखको संख्या | 199,035 |
कुल बीमाशूल्क (रु.हजारमा) | 217,917 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 66,701 | |
दिओरिएन्टल इन्स्योरेन्स | जारी बीमालेखको संख्या | 83,098 |
कुल बीमाशूल्क (रु.हजारमा) | 56,481 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 23,910 | |
राष्ट्रिय बीमा संस्थान | जारी बीमालेखको संख्या | 132,459 |
कुल बीमाशूल्क (रु.हजारमा) | 288,246 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 121,964 | |
नेशनल ई.कं.लि. | जारी बीमालेखको संख्या | 113,975 |
कुल बीमाशूल्क (रु.हजारमा) | 142,952 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 80,720 | |
हिमालयन जनरल इन्स्योरेन्स | जारी बीमालेखको संख्या | 125,394 |
कुल बीमाशूल्क (रु.हजारमा) | 125,172 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 53,171 | |
युनाइटेड इन्स्योरेन्स | जारी बीमालेखको संख्या | 91,900 |
कुल बीमाशूल्क (रु.हजारमा) | 74,435 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 15,789 | |
पि्रमियर इन्स्योरेन्स | जारी बीमालेखको संख्या | 68,075 |
कुल बीमाशूल्क (रु.हजारमा) | 22,820 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | – | |
एभरेष्ट इन्स्योरेन्स | जारी बीमालेखको संख्या | – |
कुल बीमाशूल्क (रु.हजारमा) | – | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 8,253 | |
नेको इन्स्योरेन्स | जारी बीमालेखको संख्या | 97,087 |
कुल बीमाशूल्क (रु.हजारमा) | 103,711 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 79,429 | |
सगरमाथा इन्स्योरेनस | जारी बीमालेखको संख्या | 247,617 |
कुल बीमाशूल्क (रु.हजारमा) | 280,660 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 106,015 | |
एलाइन्स इन्स्योरेन्स | जारी बीमालेखको संख्या | 237,222 |
कुल बीमाशूल्क (रु.हजारमा) | 316,407 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 116,369 | |
एनबी इन्स्योरेन्स | जारी बीमालेखको संख्या | 28,918 |
कुल बीमाशूल्क (रु.हजारमा) | 13,971 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 15,226 | |
प्रूडेन्सियल इस्योरेन्स | जारी बीमालेखको संख्या | 197,984 |
कुल बीमाशूल्क (रु.हजारमा) | 242,588 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 84,973 | |
शिखर इन्स्योरेन्स | जारी बीमालेखको संख्या | 250,154 |
कुल बीमाशूल्क (रु.हजारमा) | 338,493 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 165,630 | |
लूम्विनी जनरल इन्स्योरेन्स | जारी बीमालेखको संख्या | 246,179 |
कुल बीमाशूल्क (रु.हजारमा) | 302,513 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 159,663 | |
एनएलजी इस्योरेन्स | जारी बीमालेखको संख्या | 262,780 |
कुल बीमाशूल्क (रु.हजारमा) | 292,472 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 119,656 | |
सिद्धार्थ इस्योरेन्स | जारी बीमालेखको संख्या | 229,028 |
कुल बीमाशूल्क (रु.हजारमा) | 238,536 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 387,727 | |
कूल | जारी बीमालेखको संख्या | 2,610,905 |
कुल बीमाशूल्क (रु.हजारमा) | 3,057,374 | |
खूद दावी भूक्तानी (रु.हजारमा) | 1,605,196 |
प्रतिक्रिया 4