१७ कात्तिक, काठमाडौं । बैंकर रविना देशराज श्रेष्ठले दोस्रो अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन् ।
मेगा बैंक नेपाल लिमिटेडकी नायब महाप्रबन्धक श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ जितेकी हुन् । अवार्ड जनवरी ५ मा सिंगापुरमा प्रदान गरिनेछ ।
मनोनयनमा परेका एसियाका ६ सय १३ जना महिलामध्ये रविना २० जनामा परेकी हुन् । यो अवार्डका लागि २७ वटा राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए ।
बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई छनौट गरिएको पुरष्कार प्रदान गर्ने संस्था एसईएसियाले जनाएको छ ।
अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताएकी छन् । रविना यसअघि गत भदौ २१ गते पनि मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ बाट सम्मानित भएकी थिइन् ।
* भूलबस इन्डोनेसियाका राजाको प्रमुख अातिथ्यमा अवार्ड प्रदान गरिने हुन गएकाले सच्याएका छौं-स
प्रतिक्रिया 4