२४ कात्तिक, काठमाडौं । ३३ दिनदेखि प्रहरी हिरासतमा रहेकी एचएन्डबी डेभलपमेन्ट बैंककी पूर्वसिइओ जसोदा सैँजू अस्पताल भर्ना भएकी छन् ।
स्वास्थ्य अवस्था विग्रँदै गएपछि प्रहरीले सैँजूलाई बुद्वनगरस्थित हेम्स अस्पतालमा भर्ना गरेको प्ररहरीले जनाएको छ ।
झाडापखालाले सिकिस्त भएपछि सैजूलाई एक हप्ताअघि अपराध अनुसन्धान महाशाखाले अस्पतालमा भर्ना गरेको थियो । प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ । सैंजूको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।
एच एण्ड बी बैङ्कको गूड फर पेमेण्ट चेक प्रकरणमा मुछिएका प्रशान्त अग्रवालको उजुरीमा प्रहरीले सैजू र पूर्वसञ्चालक पुष्पज्योति ढुङ्गानालाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरूमाथि अनुसन्धानका लागि भन्दै पाँचौंपटक थपेको म्याद बुधवार सकिँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4