२६ कात्तिक, नुवाकोट । नुवाकोट जिल्ला प्रशासन कार्यालयले पुरातत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय साततले दरबार संग्रहालय र जालपा क्षेत्र विकास समिति देवीघाटको कागजात नियन्त्रणमा लिएको छ ।

आर्थिक अनियमितता भएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयको टोलीले कागजपत्र नियन्त्रणमा लिएको हो । कागजात नियन्त्रणमा लिएर लेखापरिक्षण प्रतिवेदनको मुल्याङ्कनबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दरबार हेरचाह कार्यालयमा गत आर्थिक वर्षमा दुई लाख रुपैयाँ मात्र बजेट आएको देखिएको तर खर्च पारदर्शीता नभएको गुनासो उजुराी परेको थियो । यसैगरी जालपा क्षेत्र विकास समितिले सरकारी कोषबाट विभिन्न समयमा लिएको रकम, भान्साघर निर्माण, बाटो विस्तार लगायतमा गरेको खर्च पनि अपारदर्शी भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।
-कपिलदेव खनालबाट
प्रतिक्रिया 4