+
+

नेप्से परिसूचक दुई दिनमा १८ अंकले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ४ गते १५:४८

४ मंसिर, काठमाडौं । साताको अन्तिम दुई दिनमा नेप्से परिसूचक १८ अंकले बढेको छ । बिहीबार नेप्से ८.५५ अंकले बढेर नेप्से परिसूचक ८ सय ६२ अंकमा पुगेको छ । nepsee

बुधबार नेप्से ९.९५ अंकले बढेको थियो । त्यस अघिका तीन दिन लगातार नेप्से घटेको थियो ।

बिहीबारको कारोबारबाट ट्रेडिङ (व्यापार) समूहबाहेक सबै समूहगत सूचकहरु बढेका छन् । व्यापार समूहको सूचक भने २.०९ अंकले घटेको छ ।

त्यसैगरी वाणिज्य बैंक समूहको सूचक ८.३६ अंकले बढेको छ । यो समूहको मात्रै ८ करोड २१ ल्ाख रुपैयाँ बराबरको कारोबार भयो ।

होटलको ८.०३ अंकले, विकास बैंकको २.८१ अंकले, जलविद्युतको ४९.०४ अंकले, वित्तको ३.७६ अंकले, बीमा समूहको ४८.८४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बिहीबार अन्य समूहको कारोबार भएन ।

बिहीबार १ सय ३३ कम्पनीका ४ लाख १९ हजार कित्ता सेयर २१ करोड ४५ लाख रुपैयाँमा किनबेच भएको एक्सचेञ्जे लनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?