+
+

१९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ११ गते १५:४८

SAARC SUMIT-NEPAL (10)११ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन पाकिस्तानमा हुने भएको छ ।

१८ औं सार्क सम्मेलनका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले अर्को सम्मेलन पाकिस्तानको इस्लामावादमा गर्ने घोषणा गरेका हुन् ।

धुलिखेलमा केही समय बिताएर काठमाडौंको सोल्टीमोडस्थित होटल सोल्टी फर्किएका सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु सम्मेलन समापन समारोहमा सहभागी भए ।

१८ औं सार्क शिखर सम्मेलनको औपचारिक समापन पछि विशिष्ट अतिथिहरु राष्ट्रपति डा. रामवरण यादवले आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।

सार्क सदस्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखमध्ये केही विहीबारै र केही शुक्रबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?