शब्द/तस्विरः भरतबन्धु थापा
करीब दुईदशक अमेरिकामा बिताएका धनगढीका सुमित कार्की जब बाजुराको बडिमालीका पुगे, उनी तीन छक्क परे । घुम्ने सिलसिलामा नेपाल र भारतका धेरै पर्यटकीय स्थल पुगिसकेका सुमित असोजको अन्तिम हप्ता बडीमालीका पुगेका थिए ।
ललितपुरका निरन्जन महर्जन, कैलालीका आशिष चौधरीले पनि खप्तडदेखि चार दिनको हिडाइँपछि बडिमालीका पुग्नासाथ यात्राको थकान भुसुक्कै बिर्सिए ।
समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमालाीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ ।
नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन् ।
बडीमालीकाको सौन्र्दय भनेकै विशाल फाँटहरु हुन् । तर अचेल यी फाँटहरु बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ ।
स्थानीय समाजसेवी गोपीराज पाध्याय बडीमालिका क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर यसलाई संरक्षण गर्नुपर्ने बताउँछन् ।
बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ । बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।
बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन ठूलो मेला लाग्छ । त्यो समयमा केही स्थानीय व्यापारीहरुले पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ पसलहरु खासै भेटिँदैनन् ।
बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।
बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरुलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरु त्यहीँ बास बस्ने गर्छन् ।
मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष भन्छन् बडिमालीकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुडीको चोरी निकासी हुने गरेको छ । सरकारले बडीमालीका जाने स्थानमा चेकपोष्ट राख्नुपर्ने उनको माग छ ।
प्रतिक्रिया 4