+

उमा कुङफुमा नेपाललाई चार स्वर्ण

२०७१ मंसिर  २६ गते १९:१७ २०७१ मंसिर २६ गते १९:१७
उमा कुङफुमा नेपाललाई चार स्वर्ण

२६ मंसिर, काठमाडौं । नेपालले प्रथम दक्षिण एसियाली मार्सल आर्ट महोत्सवअन्तर्गत उमा कुङफुतर्फ शुक्रबार ४ स्वर्ण जितेको छ । जम्मा ५ स्पर्धामा प्रतिस्पर्धा भएकोमा भारतले १ स्वर्णमा चित्त बुझायो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् -राखेप) को कभर्डहलमा भएको सान्डा बक्सिङको महिला ३५ केजीमा उमा कुङफु संघ, नेपालकी सुनीता श्रेष्ठ पहिलो भइन् । सुनीताले भारतकी खुशीलाई पराजित गरिन् ।

पुरुष ५५ केजीमा उमा कुङफु संघ, नेपालका ईश्वर मगरले भारतका स्वप्निल कुमारलाई हराउदै स्वर्ण जिते । पुरुष ५० केजीमा उमा कुङफु संघ, नेपालका धर्मेन्द्र मगरले शीर्ष स्थान हात पारे । फाइनलमा उनले भारतकै कृष्ण नारायणलाई निराश पारे ।

ट्रेडिसनल प्याटर्नको पुरुषमा भारतका स्वप्निल कुमारले ऋत एकेडेमी कलेज, नेपालका मणिराज मिक्छानलाई पाखा लगाउदै स्वर्ण हात पारे । सोही स्पर्धाको महिलामा ऋत एकेडेमीकी लक्ष्मी तामाङले बाजी मारिन् । फाइनलमा लक्ष्मीले भारतकी संकृतिको चुनौती समाप्त पारिन् ।

किक बक्सिङतर्फ नेपालले महिलामा ४ र पुरुषमा १ गरी कुल ५ स्वर्ण जित्यो । महिलाको ४५ केजीमा प्रतिष्ठा राई, ५० केजीमा आरती तामाङ, ५५ केजीमा विन्दा नेपाली र ४० केजीमा दीपिका कश्यपले नेपाललाई स्वर्ण दिलाए । पुरुषतर्फ नेपालका प्रकाश विष्टले आफ्नो तौलसमूहमा स्वर्ण हासिल गरे ।

जितकुण्डोमा भारतले ४ र नेपालले ३ स्वर्ण प्राप्त गरे । भारतका लागि महिला ३०.५ देखि ३५ केजीमा मोनिका र ५१ केजीमाथि गिताञ्जली तथा पुरुष २५ केजीमुनि दिपान्सु र ३०.५ देखि ३५ केजीमा दिब्यराजले पहिलो स्थान हात पारे ।

महिलाको ४५.५ देखि ५० केजीमा नेपालकी शान्ति गुरुङले स्वर्ण हात पारिन् भने २५.५ देखि ३० केजीमा आतिश भुजेल र ३५.५ केजी देखि ४० केजीमा सुमन थापा मगरले नेपालका लागि स्वर्ण जिते ।

तीनदिनसम्म चल्ने महोत्सवमा उमा कुङफु, जितकुण्डो, किक बक्सिङ र तेक्वान्दो (आईटीएफ) मा नेपालसहित ६ राष्ट्रका करिब २ सय खेलाडीले सहभागिता जनाएको आयोजक महासंघका कार्यवाहक अध्यक्ष निरन खड्काले जनाएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय