+

स्कुल स्पोर्ट फाउण्डेशन र नेपाल स्कुल खेलकुद महासंघबीच सम्झौता

२०८१ जेठ  ७ गते १२:२५ २०८१ जेठ ७ गते १२:२५
स्कुल स्पोर्ट फाउण्डेशन र नेपाल स्कुल खेलकुद महासंघबीच सम्झौता

काठमाडौं । स्कुल स्पोर्ट फाउण्डेशन र नेपाल स्कूल खेलकुद महासंघबीच समझौता पत्रमा  हस्ताक्षर भएको छ ।

चीनको डालियानमा एतिहासिक सम्झौता पत्रमा स्कुल स्पोर्ट फाउण्डेशनका अध्यक्ष रोमन ग्रेबा र नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी समिति सदस्य राजकुमार कार्कीले पत्रमा हस्ताक्षर भएको हो ।

नेपालभरका विद्यालयहरूमा खेलकुद शिक्षा र गतिविधिहरूलाई समर्थन र अभिवृद्धि गर्न एक सहकारी ढाँचा स्थापना गर्ने लक्ष्य राखेको पत्रमा उल्लेख गरिएको छ ।

बालबालिकाको सामाजिक-आर्थिक पृष्ठभूमिलाई ध्यान नदिई सबै बालबालिकाको लागि खेलकुद पहुँचयोग्य बनाउने त्यसैगरी युवा विकास र सामुदायिक कल्याणमा खेलकुदको प्रभावको मूल्याङ्कन गर्न अनुसन्धान र विकाससहित संयुक्त पहलका लागि धेरै मुख्य क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने पत्रमा लेखिएको छ ।

खेलकुद सामग्री खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउने, प्राविधिक सहयोग र तालिमका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद संस्थाहरूसँग समन्वय गर्ने, विद्यार्थीहरूको स्वास्थ्य र शिक्षामा खेलकुद कार्यक्रमहरूको प्रभावको अनुगमन र मूल्याङ्कन गर्ने जस्ता सहयोग स्कुल स्पोर्ट फाउण्डेशनले गर्ने जनाएको छ ।

स्कुल खेलकुद महासंघ स्कुल स्पोर्ट फाउण्डेशन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय