+

ग्राण्डस्ल्याम प्लेयर डेभलपमेन्ट प्रोग्राममा शिवाली गुरुङ सहभागी हुने

२०८२ असार  १७ गते १८:२५ २०८२ असार १७ गते १८:२५
ग्राण्डस्ल्याम प्लेयर डेभलपमेन्ट प्रोग्राममा शिवाली गुरुङ सहभागी हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली युवा टेनिस खेलाडी शिवाली गुरुङले ग्राण्डस्ल्याम प्लेयर डेभलपमेन्ट प्रोग्राम अन्तर्गत युरोपमा प्रतियोगिता खेल्नेछन्।
  • उनी फ्रान्स, जर्मनी र बेल्जियममा हुने प्रतियोगितामा भाग लिन जाँदैछन्, जसमा पहिलो पटक नेपालबाट सहभागी हुन लागेको हो।
  • शिवाली गुरुङ एसियामा चौथो स्थानमा रहेकी पहिलो नेपाली खेलाडी हुन् र उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले शुभकामना व्यक्त गरे।

१७ असार, काठमाण्डौ । नेपाली युवा टेनिस खेलाडी शिवाली गुरुङ ग्राण्डस्ल्याम प्लेयर डेभलपमेन्ट प्रोग्राम आई टिएफ/एटिएफ अन्तर्गत टेनिस टु युरोपमा सहभागि हुने भएकी छन् ।

१४ वर्ष मूनीको उमेर समुहमा शिवालीले फ्रान्समा जुलाई १४ देखि २० तारिख सम्म हुने ओपन स्टेट फ्राकाइस र जुलाई २१ देखि २७ तारिख सम्म हुने टेनिस युरोप तथा जर्मनीमा जुलाई २८ देखि ३ अगष्ट सम्म हुने इन्टरनेश्नल डेउटसी र अगष्ट ४ देखि १० तारिख सम्म बेल्जियममा हुने योङ च्याम्पियनसिप कपमा भाग लिने छन् ।

यस प्रकारको प्रतियोगितामा नेपालबाट पहिलो पटक सहभागिता हुन लागेको गुरुङका प्रशिक्षक प्रदिप खड्काले जानकारी दिएका छन् ।

एसियन च्याम्पियनसिपमा प्रथम हुदै १४ वर्ष मुनीको उमेर समुहमा एसियामा चौथौ वरियतामा रहेकी गुरुङ जीएसपीडीपी/आई टि एप/ए टी एफ युरोप कपमा भाग लिन लागेकी पहिलो नेपाली खेलाडी हुन् ।

शिवाली गुरुङलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित बिदाइ गरे ।

बिदाइ कार्यक्रममा परिषद्का बोर्ड सदस्य हिमाल कुमार श्रेष्ठ, गुरुङका प्रशिक्षकहरु प्रदिप खड्का र राजकुमार लामा सहभागी थिए ।

शिवाली गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय