+
त्रिदेशीय टी-२०आई शृंखला :

सन्दीपको घातक बलिङमा नेपाललाई स्कटल्याण्डको सामान्य लक्ष्य

२०८२ असार  ३ गते २१:१८ २०८२ असार ३ गते २१:१८
सन्दीपको घातक बलिङमा नेपाललाई स्कटल्याण्डको सामान्य लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले स्कटल्याण्डसँगको टी-२०आई खेल जित्न सामान्य लक्ष्य पाएको छ।
  • स्कटल्याण्डले १९.४ ओभरमा ९७ रन बनाएको थियो, माइकल लिस्कले ४४ रन जोडे।
  • सन्दीप लामिछानेले ४ विकेट लिए।

३ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले सामान्य लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनायो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए । म्याथ्यु क्रसले १५ तथा ब्रान्डन म्याकमुलेनले १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ११ रन मात्र दिएर ४ विकेट लिए । करण केसी र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए ।

 स्कटल्याण्डले ५ ओभरभित्रै ५ विकेट गुमाइसकेको थियो । त्यसपछि क्रस र लिस्क मिलेर ३९ रनको साझेदारी गरेपनि क्रस आउट भएपछि लिस्कलाई क्रिजमा साथ नमिल्दा राम्रो स्कोर बनाउन सकेन ।

नेपाल यसअघि पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा गएर पराजित भएको थियो ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय