+

उसु खेलाडी दीपक र शिवजीले चीनमा प्रतिस्पर्धा गर्ने

२०८२ असार  १७ गते १८:२४ २०८२ असार १७ गते १८:२४
उसु खेलाडी दीपक र शिवजीले चीनमा प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालबाट दीपक हमाल र शिवजी सिलवाल चीनको चिलिङ शहरमा हुने एसिया कपमा सहभागी हुने भएका छन्।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुबै खेलाडीलाई बिदाइ गरे।
  • प्रतियोगिता असार १८ देखि २३ गतेसम्म हुनेछ।

१७ असार, काठमाडौं । चीनमा हुने प्रथम थाउलु र दोस्रो सान्डा एसिया कपमा नेपालबाट दुई उसु खेलाडीले सहभागिता जनाउने भएका छन् ।

चीनको चिलिङ शहरमा यही असार १८ देखि २३ गते सम्म (जुलाई २ देखि ७ सम्म) हुने प्रतियोगिताको थाउलुमा दीपक हमाल र सान्डाको ९० केजी तौल समूह मुनी शिवजी सिलवालले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागि हुन जाने दुबै खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरेका छन् ।

सो अवसरमा परिषदका बोर्ड सदस्य हिमाल कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो।

सान्डा एसिया कप उसु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय