+

स्कटल्याण्डविरुद्ध नेपालको टोलीमा एक परिवर्तन

२०८२ असार  ३ गते १९:३४ २०८२ असार ३ गते १९:३४
स्कटल्याण्डविरुद्ध नेपालको टोलीमा एक परिवर्तन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले स्कटल्याण्डसँगको टी-२०आई खेलमा पहिले बलिङ गरिरहेको छ।
  • नन्दन यादवको चोटका कारण बसिर अहमद टोलीमा स्थान पाएका छन्।
  • उनले इनिङको अन्तिम बलअघि बल कलेक्ट गर्दा चोट पाएपछि सुपर ओभरमा बलिङ गरेनन्।

३ असार, काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपालले पहिले बलिङ गर्दै छ ।

आजको टोलीमा एक परिवर्तन गरिएको छ । पेस बलर नन्दन यादवको ठाउँमा स्पिन बलिङ अलराउण्डर बसिर अहमद आएका छन् ।

सोमबारको खेलमा नन्दनले इनिङको अन्तिम बलअघि बल कलेक्ट गर्ने क्रममा औंलामा चोट लागेको थियो ।

उनले त्यसपछि ब्याटिङ गरेर खेल सुपर ओभरमा पुर्‍याए पनि सुपर ओभरमा बलिङ  भने गरेनन् ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), अनिल के साह (विकेटकिपर), कुशल भूर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, ललित राजवंशी, बसिर अहमद, किरण ठगुन्ना, लोकेश बम, रुपेश के सिंह ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय