+
+

एनवाईएक्स ब्राण्डका कस्मेटिक सामान नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ५ गते ९:२४

NYX
५ पुस, काठमाडौं । एक्सप्रेस नेपालले एनवाईएक्स ब्रान्डका कस्मेटिक सामानको बिक्री वितरण सुरु गरेको छ । दरबारमार्गमा एक्सप्रेस नेपालले उक्त ब्रान्डका कस्मेटिक सामानको आधिकारिक रुपमा खुद्रा बिक्री वितरण सुरु गरेको हो ।
सस्तो, स्तरिय तथा बहुउपयोगी ब्राण्डका रुपमा चिनिने एनवाईएक्सका लिपस्टीक, आइ स्याडोलगायतका बहुउपयोगी सामानहरु बजारमा ल्याइएको छ ।
यसको मुख्य कार्यालय भने अमेरीकाको सनि लस एन्जल्समा छ । यसको कस्मेटीक्स लाईनको शुरुवात सन १९९९ मा तत्कालिन युवा उद्यमि टोनी के. ले गरेकी हुन् । टोनी के. ले त्यस समयमा कस्मेटिक क्षेत्रमा नयाँ प्रोडक्ट उत्पादन गर्ने र स्तरिय सामान रिजनेवल मुल्यमा बजारमा पाईन्थ्यो ।

यो ब्राण्डको कस्मेटिक सामानहरु विश्वका ७० भन्दा धेरै देशमा उपलब्ध छन् भने यसका २००० भन्दा बढी विभिन्न प्रोडक्टहरु छन् । एनवाईएक्स ब्रान्डले बजार प्रवर्द्धनका लागि पूर्व मिस नेपाल माल्भिका सुब्बालाई ब्राण्ड एम्बास्टरका रुपमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?