जापान । जापानको नेपाली समुदायका विचमा पहिलो पटक आयोजना गरिएको टिबीआइ मिस टीन नेपाल जापानको उपाधि स्वीकृति भण्डारीले पाएकी छिन् ।
प्रतियोगितामा अस्मिता गीरी फष्ट रनर अप र समिक्षा थापा सेकेण्ड रनर अप बन्न सफल भए ।
९ प्रतिस्पर्धीरुलाई पछाडी पर्दै पहिलो मिस टीन बन्न सफल १७ वर्षीय स्वीकृति जापानको मात्सुयामा स्थित साइबि हाइस्कुलमा अध्यनरत बिद्यार्थी हुन ।
त्यस्तै फष्ट रनर अप अस्मिता गिरी नागोयाको मोरियामा स्थित किक्खा हाइस्कुलमा अध्यनरत छिन भने, समिक्षा थापा टोयोटा स्थित हाइस्कुलमा अध्यनरत छिन् ।
कार्यक्रममा गायक सुगम पोखरेल बिशेष प्रस्तुति रहेको थियो भने, मिस टीनका प्रतियोगीहरुले आ-आफ्नो प्रतिभा देखाएका थिए । तरंग इभेन्ट्सले आयोजना गरेको यस कार्यक्रमको मुख्य प्रायोजक टिबीआइ ग्रुप रहेको थियो ।
पहिलोपटक आयोजना गरिएको सो कार्यक्रमको कोरियोग्राफर आरती सापकोटा र प्रकाश गौडेलले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेल थिए ।
प्रतिक्रिया 4