बलिउडमा क्रिकेटरहरुको जीवनीमा नै चलचित्र बन्दैछ । क्रिकेटर धोनीको बायोग्राफीमा चलचित्रको निर्माण कार्य समेत सुरु गरिएको छ । नेपाली चलचित्रको पर्दामा पनि क्रिकेटरहरुको आकर्षण बढेको पाइन्छ । क्रिकेटर शरद भेष्वाकर र नायिका नीशा अधिकारी त एक अर्काको प्रेममा मस्त छन् ।
पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अलबिदा’मा क्रिकेटर मेहबुब आलमले अभिनय गरेका छन् । निर्माणपक्षले यो बिषयमा अहिले केही बोल्न चाहेको छैन । निर्माता तथा चलचित्रका कलाकार हसनराज खानले भने-‘उहाँको भूमिका अहिले नै भन्न मिल्दैन ।
चलचित्रमा मुख्य ट्विष्ट ल्याउने नै मेहबुबको काम हो ।’ चलचित्रमा उनको ३ सिन छ । दर्शक पर्दामा मेहबुबलाई देखेर अचम्मित हुने हसनको विश्वास छ ।
उनले मेहबुबलाई चर्चाका लागि नराखिएको बताए । भने-‘भूमिका अनुसारको पात्रमा उहाँ सुहाउँने भएपछि राखिएको हो ।’ चलचित्र भित्र क्रिकेटर आलम आफ्नो वास्तविक नाममा नै देखिनेछन् ।
मुस्लिम र हिन्दु धर्म मान्ने यूवा-यूवतीको कथामा ‘अलबिदा’ बनेको छ । चलचित्रमा आर्यन सिग्देल, अनिता आचार्य, हसनराजा खान लगायतका कलाकारले अभिनय गरेका छन् । एक्सन र प्रेमले भरिएको यो चलचित्र दर्शकका लागि पनि प्रतिक्षामा छ । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4