२५ पुस, सोलुखुम्बु । सोलु खोलाबाट उप्तादन हुन लागेको २३.५ मेगावट क्षमताको हाईड्रोपावरको काम आगामी महिनादेखि सुरु हुने भएको छ ।
उर्जा मन्त्रालयबकाट स्वीकृती उत्पादन अनुमतिलगायतका सम्पूर्ण प्रक्रिया पुरा भइसकेकाले माघ अन्तिमदेखि स्थलगत काम सुरु गर्ने कम्पनीका निर्देशक कबिन्द्र श्रेष्ठले बताए ।
उक्त आयोजना सन् २०१८ मा सम्पन्न गर्ने निर्देशक श्रेष्ठले बताए । तर, कागजी प्रक्रियामा लामो समय अल्भिmएकाले काम ढिलो सुरु हुन लागेको उनले जानकारी दिए ।
हाईड्रोवावरका बारेमा स्थानीयस्तरमा जानकारी प्रदान गर्ने उद्देश्यले सल्लेरीमा आयोजित कार्यक्रममा निर्देशक श्रेष्ठले आयोजनाले १० प्रतिशत सेयर स्थानीयलाई दिने जानकारी दिए ।
आयोजनाको कूल लागत चार अर्ब १० करोड रुपैयाँ रहेको छ । कूल लागतको ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्वीटीबाट लगानी जुटाइएको कम्पनीले श्रेष्ठले जानकारी दिए ।
आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमवी बैंक, एभरेष्ट बैक, एनआइसी एसिया बैक, ग्लोवल आइएमी बैक, लुम्वीनी बैक, सेन्चुरी कमसिर्यल बैंक तथा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले वित्तिय कर्जा लगानी गर्ने भएका छन् ।
आयोजनाले उत्पादित बिद्युत केन्दि्रय बिद्युत प्रशारणलाईनमा जोड्ने र केही बिद्युत स्थानीयस्तरमै खपत गराउने बताइएको छ ।
बाबु कार्कीबाट
प्रतिक्रिया 4