+
+

भैरहवा सेज सञ्चालनको प्रक्रिया अघि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २५ गते १४:५३

SEZ-Lunching-2

२५ पुस, काठमाडौं । भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग सञ्चालनका लागि प्रक्रिया अगाडि बढेको छ । लामो समयपछि भैरहवा सेज सञ्चालनको तयारीमा पुगेको हो ।

उद्योग मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी सेजमा उद्योग सञ्चालनका लागि विदेशी तथा स्वदेशी लागानीकर्तालाई आशयपत्रको आहृवान गरेको छ ।

‘सेजको उदघाटन पश्चात सञ्चालन गर्ने कुरा आफैमा चुनौति थियो । ती चुनौतिका चरणहरु हामीले लगभग पार गरेका छौँ । अब चुनौति र आशंका दुबै समाप्त भएका छन् ।’ उद्योगमन्त्री महेश बस्नेतले भने । मन्त्री बस्नेतले उक्त सेजको गत मंसिर २ गते उदघाटन गरेका थिए ।

उनले भैरहवा सेज सञ्चालनमा सेज ऐनले बाधा नपार्ने र आशयपत्रको प्रक्रिया पुरा हुँदासम्म ऐनले पूर्णता पाउने विश्वास व्यक्त गरे ।

सेजका निमित्त प्रमुख सरोजकुमार वैद्यले एक महिनाको समय सीमा तोकिएको आशयपत्रका लागि सूचना प्रकाशित गरेको उल्लेख गर्दै आशयपत्र संकलन पश्चात् न्यूनतम पाँच महिना भित्रमा भैरहवा सेजमा उद्योग सञ्चालनको प्रक्रिया सुरु हुने दाबी गरे ।

उनले हाल भैरहवा सेजसँग कुल ५२ विघा क्षेत्रफल रहेकोमा २५ विघा क्षेत्रफलमा ६९ प्लटमा उद्योग सञ्चालनका लागि अत्याधुनिक सुविधायुक्त पूर्वाधार निर्माणको काम सम्पन्न भएको जानकारी दिए ।

त्यसैगरी, सेजका निमित्त प्रमुख वैद्यले उद्योग सञ्चालनको आशयपत्र र कार्यविधि उद्योगमन्त्रालय र सेजको वेवसाइटमा राखिसकेको बताए ।

सरकारले देशभित्र निर्यातमूखी उद्योग सञ्चालनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने अवधारणा अन्तर्गत सेजको अवधारणा ल्याएको हो ।

भैरहवा सेजमा खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैँचा तथा ऊनी सामान, पश्मिना तथा रेशम, हाते कागज, धातु उद्योग, खेलकुद, गहना तथा बहुमुल्य पत्थर, प्लास्टिक समानको उत्पादन, सिलाईबुनाईका उत्पादन, इलेक्टिकल तथा इलेक्ट्रोनिक्स पाटपुर्जा, सूचना प्रविधि उद्योग र पेय पदार्थ उद्योग लगायतका उद्योग सञ्चालन हुने बताइएको छ ।

यसअघि सरकारले बजेटमार्फत चालु आर्थिक बर्र्षभित्रै सेज सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?