+
+

माघको दोस्रो सातादेखि ‘वालिङ महोत्सव’, भव्य बनाउन आयोजक तात्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २७ गते ११:१८

 २७ पुस, काठमाडौं । स्याङ्जाको वालिङ बजारमा माघ ८ गतेदेखि १८ गतेसम्म ‘वालिङ महोत्सव’ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा वालिङ उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो ।

Waling-Mahotsabस्थानिय स्तरमा उत्पादित घरेलु तथा औद्योगिक उत्पादन, कृषि तथा वनजन्य उत्पादनहरुको बजार प्रवर्द्धन गर्ने, समाजमा लुकेर रहेका प्रतिभाहरुको प्रफुष्टन गर्ने, स्थानिय कला संस्कृतिको प्रचार प्रसार गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

वालिङ खेल मैदानमा हुने महोत्सवमा खासगरी सुन्तला, ताजा तरकारी, अदुवा तथा जडिबुटी प्रर्दशनीमा राखिने छ । त्यस्तै, स्थानिय हस्तकलाजन्य उत्पादनहरु  समेत महोत्सवमा राखिने आयोजकले जानकारी दिएको छ ।

विभिन्न उद्योगबाट उत्पादित दैनिक उपभोग्य वस्तु एवं खाद्यन्न सामान, कस्मेटिक तथा श्रृङ्गारका सामान, फेन्सी एवं कपडा, फर्निचर, विद्युतिय उपकरणहरु, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सूचना प्रविधि तथा सञ्चार, बैंक तथा वित्तिय संस्था, गोबर ग्याँस, हस्तकलाका सामान, अटोमोबाइल, स्टेशनरी, छालाका जुत्ता-चप्पल, डेरीजन्य पदार्थ लगायत महोत्सवमा राखिने संघका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए ।

महोत्सवमार्फत वालिङ क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा प्रचार-प्रसार गर्ने लक्ष्य पनि आयोजकले लिएको छ । बाल उद्यान, सांस्कृतिक कार्यक्रम तथा भेषभुष प्रर्दशनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता महोत्सवका आकर्षण हुन् ।

महोत्सवमा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारबाट लोकदोहोरी प्रस्तुती रहने बताइएको छ भने महजोडी, मेरी बास्सै, तीतो सत्य, जिरे खुर्सानी लगायतका कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिनेछन् ।

महोत्सवका उद्देश्यहरु

महोत्सवमार्फत व्यवसायीक चेतना अभिवृद्धि गर्ने, विभिन्न स्थानिय वस्तु तथा सेवाहरुको बजार प्रवर्द्धन गर्ने, उत्पादक र उपभोक्ताहरुबीचको सम्बन्ध अभिवृद्धि गर्ने, हस्तकला व्यवसायको खोजी तथा प्रवर्द्धन गर्ने, कृषि उत्पादनको प्रवर्द्धन गर्ने, आन्तरिक तथा वाहृय पर्यटन प्रवर्द्धन गर्ने, सूचना प्रविधिसम्बन्धी ज्ञान दिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?