+

मेस्सीको गोलमा बार्सिलोना विजयी

२०७१ माघ  १९ गते ८:४० २०७१ माघ १९ गते ८:४०
मेस्सीको गोलमा बार्सिलोना विजयी

Messi goal

१९ माघ, काठमाडौं । लिओनल मेस्सीको निर्णायक गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियललाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडमाथि दबाव कायमै राखेको छ । बार्सिलोनाको २१ खेलबाट ५० अंक भएको छ भने रियल मड्रिडको ५१ अंक छ र उसले एक खेल कम खेलेको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा भिल्लारियलले दुई पटक अग्रता लिएपनि जोगाउन सकेन ।खेलको ३०  औं मिनेटमा डेभिस चेरिशेवले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए ।

तर, पहिलो हाफको अन्तिम समयमा नेयमारले बराबरी गोल फर्काए । रफिन्हाको प्रहार भिलरियलले पन्च गरेपछि बाउन्स भएको बलमा उनले गोल गरे ।

दोस्रो हाफको ५१ औं मिनेटमा भीटोले गोल गरेपछि बार्सिलोना २–१ ले पछि प¥यो ।

तर, त्यसको दुई मिनेटपछि नै रफिन्हाले घरेलु टोलीका लागि बराबरी गोल गरे । स्वरेजको पासमा मेस्सीको हेड विपक्षी खेलाडीमा ठोक्किएर फर्किएको बलमा उनले गोल गरेका हुन् ।

खेलको ५५ औं मिनेटमा स्वरेजको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र बार्सिलोना विजयी भयो

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय